Skip to main content

Posts

नेपाली रेष्टुरेन्टमा हुन नसकेको एउटा मम पार्टी

तिनताका म हेलसिन्कीबाट करिब ४० किमीको दूरीमा रहेकाे यारभेनपा शहरमा बस्थेँ । हेलसिन्की खासै आइदैन्थ्यो । पहिलो त बेकामे जो थिईयो, अतः खर्च हुने हर यूरो बराबरको नेपाली रकमको हिसाबले दिमाग रन्थनाउने बेला थियो त्यो । दोश्रो कामै नभएपछि कुकुरको जस्तो घुमाईमा उति रूची कहिल्यै भएन जीवनमा । २०१२ निख्रिनै लागेको समय थियाे त्यो । अहिले २०१९ को एक चाैथाई सकिन लाग्याे । पूरापूर ६ बर्ष पुगिसकेछ, त्यो सामान्य जस्ताे लाग्ने घटना घटेकाे । तर कुनै कुनै चलचित्रको अति नै मनछुने कुनै दृश्यको प्रत्येक वस्तुस्थिति झल्झल्ती याद भएजस्तै गरी मलाई, त्यो घटनाकाे प्रत्येक घटनाक्रम याद छ । घटना सामान्य नै मान्न सकिएला, तर अहिले त्यसको याद गर्नूको छुट्टै मज्जा छ ।  एकजना साथीले भर्खर काम पाएको थियो । कामको खडेरी परेको समय, सबभन्दा पहिला काम पाएको उसले मलाई विशेष भोज दिन्छु भनेर उसकै खर्चमा रेलगाडी चढाइवरी हेलसिन्की झारेको थियो । एउटा नेपाली रेष्टुरेन्टमा मम पाइन्छ, मम खुवाउँछु भन्दै लगेको थियो । मुखमा मम नपरेको पूरै साढे ४ महिना भैसकेको थियो । किनकी अन्तिमपल्ट फिनल्याण्ड उड्नुभन्दा अघिल्लो रात केहि साथीह...

नेताको छोरो ५, युवा परिचालन - अनिको बाध्यता !

चुनाव प्रचारका क्रममा Photo: Nirajan Thapa बेनी त्यसै त कोप्चो ठाउँ झन मंसिर लागिसकेको समय,  जाडोले लास्टै ल्याङ हानिरहेथ्यो । अनि चुनावको चटारोले देशलाई छपक्कै छोपेको समय, म चाँहि दुईथान सिरकले छोपिएर बिस्तारामा लडिरहेथेँ, त्यो बिहानको आरम्भ एउटा फोनबाट भयो । मलाई यस्ता फोनले मंसिर लागेपछि अति नै ल्याङ गरिरहेथे । बेनीबाट चारपाँच घण्टाको पैदल यात्रामा पुगिने गाउँबाट एकजना अति नै नजिकका चिनजानको भाईको फोन थियो त्यो, उनको उर्दि थियो, "दाई, एकजना बैनी आज बिनी (बेनी) झर्दैछिन, तिनैका हाता १५, १६ हजार पठाईदिनु होला हैं !"  यी तिनै भाई थिए, जो म चुनावका लागि नेपाल जाने तयारीमा रहेका बेला मलाई बारम्बार फेसबुक म्यासेन्जरमा चारा हालिरहेका हुन्थे    “ढुक्क हुनुस् दाई, बुढाले जित्छन! तर अलि मेहनत चाँहि गर्न पर्छ हैं ।” उनले भनेको मेहनत सानोतिनो कुरो थिएन । त्यो मेहनत अर्थोउपार्जन गर्ने मेहनत नभै अर्थवितरणसम्बन्धि मेहनत थियो । जुन मैले फोन आउँदाको दिनको साँझमा गरेको थिएँ ।  साँझको समय, मेरा तीनजना हितैषी चुनावकै लागि आफ्नै खर्चमा काठमान्डुबाट बेनीमा झरेका थिए । ...

नेताको छोरो ४, गोजीमा कति छ ?

यो श्रृङ्खला चुनावका लागि उता नेपाल गएर यता फिनल्याण्ड आइसकेपछि पनि चुनावको ह्याङले धेरै दिनसम्म रन्थनाएका कारण लेख्न आरम्भ गरेको थिएँ, किन्तु, तीन वटा श्रृङ्खला लेखिसकेपछि यसलाई बिचमा छाड्न पुगेछु । अपितू, लेख्नै छाडिसकेको चैं छैन । अतः आज ७ महिनापछि उक्त श्रृङ्खलाको अर्को अध्याय पस्कने कोशिस गरेको छु ।  काठमान्डू ओर्लिसकेपछि चुनावी गर्मीको नमीठो हपहपले स्याप्पै पार्यो । कस्तो अत्यास लागेको जस्तो अनुभूति गर्न पुगेँ मैले । वाक्क लागेर आयो । खासमा त्यस्तो ठूलो उत्साह पनि ममा थिएन । सिवाय, बिसौं बर्षको बुबाले पार्टी राजनीतिमा पुर्याउनुभएको योगदानस्वरूप निकै धपेडीपश्चातः संघिय सांसदको उम्मेदवारीको टिकट पाउनुभएकोमा चाँहि नजानिदो तरिकाले खुशी थिएँ । बस त्यत्ति । त्यहाँभन्दा परको स्वार्थ ममा केहि थिएन ।अहिले यस्तो लेख्दै गर्दा यो पढ्ने जति धेरैलाई बाले जितेको भएर जेपनि लेखेको जस्तो लाग्न सक्छ, त्यो स्वभाविक पनि हो । तर घर पुगेपछि बुबासँगको भेटमा एउटा संवादको जति महत्व थियो मेरा निम्ति त्यो भन्दा पर अरू खासै महत्व राख्ने केहि थिएन ।   image: image source चुनावी खर्च जुट्न...

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

डा. गोविन्द केसीका शुरूवात तिरका अनशनहरूमा मेरो पूर्ण समर्थन थियो । मैले पनि आफ्ना सामाजिक संजालका भित्ताहरूमा निकै खरा खरा वाक्यहरूसहित तीनका पुछारमा ह्यासट्याग आइएमवीथडाकेसी लेखेकै हुँ । मलाई लुकाउनुपर्ने केहि छैन । डा. केसीका शुरूवाती मागहरू भनेका चिकित्सा क्षेत्रमा बढ्दो राजनैतिक हस्तक्षेप अनि तीसँगै यस क्षेत्रमा बढ्दै गएका विकृती विसंगतीहरूको अन्त्य हुनुपर्छ भन्नेमा केन्द्रित हुन्थे । तर डा. केसी जति नै निष्ठावान, त्यागी या देवरूप नै किन नहोस उनको, उनका काँधमा बन्दुक राखेर आफ्ना विभिन्न खालका अभिष्ट पूरा गर्न खोज्नेहरूको एउटा ठूलो जमातबाट उनी घेरिएका छन । यो मिथ्याको आरोप हैन । निसन्देहः डा. केसी अनशन बस्नुपूर्व उनले अनशन बस्न थालिसकेपछि स्वास्थ्य क्षेत्रमा महशुस हुनेगरी परिवर्तन भएकै हुन । त्यसको जस पूरापूर उहाँलाई जान्छ । तर यसको अर्थ यो हैन कि स्वास्थ्य क्षेत्र सुधारका लागि सबै कुरा वहाँले नै भनेजसरी हुनुपर्छ । बिडम्बना यो छ कि वहाँको शुरूको अनशन देखि नै माग पूरा गर्ने बहानामा सरकारले एउटा बेथितीको पृष्ठपोषण गर्ने कामको श्रीगणेश गरेको छ । केसीको एक सुत्रिय माग थियो बरिष्ठत...

नेताकाे छाेरो ३, हैन कहिले आउने हो ?

चुनाव सम्पन्न भैसकेपछि छलफलको एक तस्बीर, तस्वीरः दिपेन्द्र श्रेष्ठ बाको उम्मेदवारी निश्चित भैसकेपछि, मैले केही वर्षपहिलेदेखि चिनेको एकजना भाई मसँग निरन्तर सम्पर्कमा थिए । “बुढाको सादागीपन देखेर जनताहुरले (जनताहरुले) भोट दिन्छन् दाई । तपाइँ ढुक्क हुनुस्, बुढाले जित्छन् ।” प्रत्येक पटक गफगाफ गर्दा उनले यो वाक्य तारन्तार दोहोर्याइ रहन्थे ।  जुझारु स्वभावका उनी बा संलग्न दलमा थिएनन । अहिले पनि मलाई अचम्म लाग्दछ कि मैले कहिल्यै पनि कुराकानीको आरम्भ नगरेता पनि फेसबुकमा मेरो उपस्थिती हुँदा साथ उनले संवादको थालनी गरिहाल्थे, “दाई, नमस्कार । सन्चै हुनुुहुन्छ ?”  यो सामान्य औपचारिकता पूरा गरेपछि उनले एक संशयका साथ संवादलाई अगाडि बढाउथे, “हैन तपाइँ नआउने हो र? ढिला भैसकेन र ?”  मेरो उही जवाफ हुन्थ्यो, “म मिलाउँदैछु ।” अनि मात्र उनी मसँग कुराकानीलाई लगभग बिट मार्न खोज्थे, “ढुक्क हुनुस् दाई, बुढाले जित्छन! तर अलि मेहनत चाँहि गर्न पर्छ हैं ।” चारपाँच महिना पहिले उनी जस्तै विभिन्न वर्ग, उमेर, लिङ्गका अनेक थरी ब्यक्तिहरुसँगको कुराकानीमा धेरै पटक दोहोरिने शब्दहरु मध्य एक थियो— मेहनत !...

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – " को अंकल ? " मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, " को अंकल हुनु ? हजुरको बाबा के !" " कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ । " मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो । यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर्वाचनमा प्राप्त गरेको टिकटका बारे थाहा पाएपछि मैले बाबाटै आधिकारिक पुष्टी लिन चाहेँ । फोन गरेँ । बाको फोन लगभग डेढ घण्टासम्म ब्यस्त रह्यो त्यो दिन । पछि फोन गरेर थोरै दुखेसो पनि पोखेँ, " बा कति ब्यस्त के तपाइँको फोन ? डेढ घण्टामा बल्ल लाग्यो । " " चुनावमा मेरो टिकट भो बाबु, त्यो भएर यहाँ साथीभाईको बधाईको फोन आएको आयै छ । " फोनमा बाको आवाजबाटै म वहाँको भावभंगिमाको अनुमान ग...

नेताको छोरा १ - समाज, विकास र चुनाव

चुनाव प्रचारका क्रममा म्याग्दी दुर्गम गाउँ चौरखानी जाँदै बाटोमा “यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत पाँच बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै पाँचवटा बिसौनी पार गरेर पन्ध्र मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन ।  सडकमा मान्छेहरु हतारिदै आफ्ना गन्तब्यतिर गैरहेको देख्छु । अनि फेरि मनमा अर्को प्रश्न उब्जन्छ, किन यी चिया पसल या चोकहरुमा रोकिएर कुरा गरिरहेका छैनन् ? के यीनले कुरा नगर्ने सन्दर्भ नै नपाएका हुन त? सन्दर्भ त जति पनि छन । तर यी बेफ्वाँकको गफ लगाएर नबस्दा रहिछन । एकपटक मैले रेल बिसौनीमा आधा घण्टाजति बिताउनु परेको थियो । छेउकै कुनामा मेरो सहपाठी मस्त ध्यान ...