Skip to main content

Posts

पौलस्त्य साहित्य समाजको तेस्रो अधिवेशन सम्पन्न

पौलस्त्य साहित्य समाज म्याग्दीले गत शनिवार आफ्नो तेस्रो अधिवेशन भव्यताका साथ रेडक्रस सभाहल बेनीमा सम्पन्न गरेको छ । वरिष्ठ साहित्यकार एवं प्राज्ञ सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा झण्डै एकसयको हाराहारीमा नवोदित तथा अग्रज साहित्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

भारतले नेपाली सीमा मिचेको छैन्

भारतले नेपालसँग एक असल छिमेकीको रुपमा व्यवहार गर्न नसकेको अन्तर्राष्ट्रिय विश्लेषण छ । सिमा क्षेत्रका नेपालीहरुलाई भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले दुःख दिदैँ आएको हामी सबैले देख्दै र भोग्दै आएको कुरा हो । अझ नेपाली सीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ५ दर्जनभन्दा बढी क्षेत्रहरुमा मिचिँदै आएको कुरा पनि घामजस्तै छर्लङ्ग भएकै कुरा हो । यति हुँदा हुँदै पनि भारतीय शासकलाई रिझाएर नेपाली राजनीतिमा आफ्नो प्रभाव पार्न सकिने भ्रममा उसले भन्दै आएकी छे – भारतले नेपाली सीमा मिचेको छैन् । यो कस्तो दुर्भाग्य नेपालीहरुको ? कि, देशको उपप्रधानमन्त्रीले नै यसरी ढाट्छे अनि नेपालीहरुको शीरनत गराउन बाध्य पार्छे । यो सुजता भन्नीको पछिल्ला गतिविधीले मेरो त कन्सिरी नै तातेर आएको छ । यसलाई त नेपालमा रहने अधिकार नै दिनु हुँदैन् । हैन्, यसको भिषा सिद्धिएको छैन कि क्या हो ?

विदेशी नागरिकको उच्चस्तरीय संयन्त्रमा दावी

नेपालमै रहदैँ बस्दै आएका हामीहरुलाई त यहाँको राजनीतिक वृतमा हुने गरेका घटनाले अचम्म तुल्याउँदै आएका छन् झन विदेशमा रहनु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपालमा हुने गरेका घटनाले निकै अचम्ममा पार्छन कि भन्ने मेरो अनुमान मात्र हो । यहाँहरु नेपालको राजनीतिमा झण्डै पछिल्लो एक दशकदेखि हालीमुहाली मच्चाउँदै आएकी एक जर्मन नागरिकका बारेमा सायद जानिफकार हुनुहुन्छ होला नै । मैले यहाँ कुरा गर्न खोजेको कांग्रेस नेतृ (भन्दा पनि बढी गिरीजापुत्री) सुजता जोष्टको हो । हाल एमाले, फोरम (लोकतान्त्रिक) अरु केही झिना मसिना दलको सहकार्यमा कांग्रेससहितको सरकार छ । र, यो सरकार यति लाजमर्दो र घृणित गठबन्धनका साथ निर्माण भयो कि सरकारमा प्रतिनिधित्व गर्ने झण्डै ८० प्रतिशत भन्दा बढी मन्त्रीहरु संविधानसभाको निर्वाचनमा हारेकाहरु छन् । त्यस्तै, आफ्नो बाबुको खोल्टीबाट दिइएको चुनावी टिकटले सुजता जोष्ट संविधान सभा निर्वाचनमा मोरङ ३ बाट उठेकी थिइन तर आफ्ना प्रतिस्पर्धी उपेन्द्र यादवसँग झण्डै पाँच गुणा कम मतले पराजित भए पनि उनको पुर्पुरोमा नेपालको उपप्रधानमन्त्री खाने दाउ लेखिएको रहेछ । अब कस्को बाउ के लाग्नु ? धे...

जेल नै कैदी राख्नमा फेल भएपछि

जब देशमा राजनीतिक तरतलता छाउँछ तब देश विभिन्न किसिमका अराजकताले चारैतिरबाट घेराबन्दीमा पर्न पुग्दछ । हो, साथी यस्तै खालका घटनाहरु घट्न थालेका छन् आजभोली हाम्रो देशमा । आज राजधानी काठमाडौंमा भएको एउटा सामान्य विवादमा गोली चल्दा विद्यालयबाट फर्किरहेको एक निर्दोष बालकको हत्या हुन पुगेको छ । गोली काण्डमा सहभागी ११ जना मध्ये दुई जनालाई स्थानीयवासीले पक्रेर प्रहरीकोमा बुझाउन सफल भएका छन् । तर यति कुराले हामीहरु विश्वस्त हुन सक्दैनौ कि समाजमा हत्या, हिंसा, आतंक र अराजकता फैलाउँदै हिड्ने ती र तीजस्तै अराजक समूहहरु निमिट्यान्न होलान् भनेर किनकी विगत ५ महिनामा देशका विभिन्न स्थानमा रहेका कारागारको कमजोर व्यवस्थापन र प्रशासनको चरम लापरबाहीका कारण हत्या, चोरी, डकैती, अपहरण र बलात्कारजस्ता जघन्य अपराधमा संलग्न झण्डै ५ दर्जन कैदीहरु कारागारबाटै फरार हुन सफल भएका छन् । जसको विवरण तल हेर्नुस् –  २०६६ साउन २९ गते राती १२ बजे, जिल्ला कारागार सिराहा बाट ४५ कैदि फरार  २०६६ अशोज १२ गते राती, जिल्ला कारागार कञ्चनपुरबाट ६ कैदी फरार  र, गत हप्ता २०६६ माघ १ गते कपिलबस्तुबाट ८ कैदी फरार अब तपाइँ आफै भन्नुस्...

ए ! भगवान, यो कस्तो व्यङ्गय हो ?

नेपालको राजनीति अनौठो किसिमको हुन्छ भन्ने तपाइँ हामीलाई जानकारी भएकै कुरा हो । अझ यो देशको अगाडि नयाँ भन्ने शब्दावली थपिए पछि काम पनि नयाँ र अनौठो पो हुन थालेका छन् । अब तपाइँलाई लाग्ला– हैन् है ! के अनौठो भएछ फेरि नयाँ नेपालको नयाँ राजनीतिमा ? नआत्तिनुस्, म बताउँदै छु, धैयर्ताका साथ यसलाई पढ्ने काम गर्नोस् । खास कुरो के भएको छ भने, जनमत संग्रह विना नेपाल धर्म निरपेक्ष, गणतान्त्रिक देश घोषणा गर्न नहुने बताउँदै आएका रा.प्र.पा नेपालका अध्यक्ष कमल थापाले आजको दिनदेखि नयाँ अभियान छेडेका छन् । उनको यो अभियान भने केहि पृथक र नेपाली अनौठो लाग्ने खालको आन्दोलन जस्तो छ । यो खासगरी क्रान्तिकारी पार्टीहरुको जस्तो चक्काजाम, नेपाल बन्द वा हडताल गर्ने प्रकृतिको आन्दोलन चैं होइन् । भलै आफ्ना दुई चार सय भरौटेहरु जम्मा पारिएर थालिएको अभियान किन नहोस् तर यसको प्रकृति अनौठो छ र विषय वा सन्दर्भ पनि मजबुत नै छ । उनले नेतृत्व दिएको यो अभियान समयमै संविधान बनाउनलाई दलका नेताहरुलाई खबरदारी गर्नुपर्छ भनेर सर्वसाधारण जनताहरुलाई सुसूचित गर्नलाई हो । देशका शिर्ष, प्रगतिशिल, क्रान्तिकारी, लोकतान्त्रिक तथा नेपालक...

३७ औं सन्ध्या ध्वनी सम्पन्न

[caption id="attachment_112" align="alignleft" width="300" caption="कार्यक्रममा उपस्थित साहित्यकारहरु"] [/caption] प्रत्येक नेपाली महिनाको पहिलो शनिवार साहित्यिक गोष्ठी आयोजना गर्दै आएका बेनी वाङमय परिवार, म्याग्दीले माघ महिना २ गते शनिवार आफ्नो ३७ औं सन्ध्या ध्वनीको श्रृङ्खला म्याग्दी सामुदायिक पुस्तकालयको सभाहलमा सम्पन्न गरेको छ । बाग्लुङे युवा गजलकार विनय थापाको मियोत्वमा सम्पन्न कार्यक्रममा एक दर्जन कवि÷कवयित्रीले आफ्ना सृजना वाचन गरेका थिए । कार्यक्रममा म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुबलाल शर्माले कविता, मधुसुदन साहित्य प्रतिष्ठानका अध्यक्ष दामोदर घतानेले हाईकु, पौलस्त्य साहित्य समाजका सचिव नीराजन शिरीषले दुई कविता र ध्रुबलाल शर्माको व्यक्तित्व समेटिएको एक आलेख प्रस्तुत गरेका थिए । कार्यक्रममा सुशन विसर्जन र अमर स्पन्दनले गजल, कविता शर्माले मुक्तक र हाइकु, भद्रबहादुर कार्कीले कविता वाचन गरेका थिए । कार्यक्रम परिवारका क्रियाशिल सदस्य अजयमिलन श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा श्रेष्ठले समसामयिक व्यङ्गय प्रस्तुत गरेका थिए ।