बगैंचामा कतै  एउटी सुन्दरी नवयौवनाको  कसिलो अङ्गालोमा बेरिने उमेरमा तिमी,  खोजको यात्रामा निस्क्यौ  यस्तो यात्रा -  जहाँ तिमीले असमानता भेट्यौ, असाक्षर भेट्यौ  र भेट्यौ - अभाव, विभेद र थिचोमिचो !   रोकेन तिमीलार्इ -  तिम्रो वैभवताले !  छेकेन तिमीलार्इ -  तिम्रो नीजि विवशताले !  न लठ्याउन सक्यो तिमीलार्इ  ब्युनर्सआयर्सको रमझमले !  न पगाल्न सक्यो - प्रियतमाको प्यारले !   सायद त्यसैले पो हो कि  आफ्नो देशको भूगोल नाघेर  हजारौ माइलको अर्को भूगोलमा  निरङ्कुशताको क्रुरर पञ्जामा  पिल्सिएका निरूपायहरूलार्इ  तिमीले स्वजातिय मान्यौ  अनि लामबद्द भयौ -  रातो क्रान्तिमा !   प्रिय फुसर,  प्रिय चे  ए, प्रिय कामरेड  थाहा छ ? मेरो युगलार्इ पनि  एक क्रान्तिकारी आवश्यक छ -  जो सकोस त्याग्न प्रियाको आलिङ्गन  नकार्न सकोस नीजि वैभवता  अस्वीकार गरोस असमानता, अभाव, विभेद र थिचोमिचो  अनि लामबद्द हुन सकोस्  रातो क्रान्तिमा  मुक्तिको युद्दमा  हो, प्रिय कामरेड  खाँचो छ त्यस्तो ब्यक्तिको  जो गर्न सकोस नेतृत्व  लडार्इ समानताको !
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।