Skip to main content

हामीलाई चाहिएको नेपालीबाद

यो समयमा पनि सयौं गरिब नेपालीहरू झाडापखाला (छेरौटी) लागेर मरिरहेका छन् भन्ने खबर सुनिरहँदा मलाई हामी नेपालीहरु मध्ययुगिन समयमा दिन गुजारिरहेका छौं भन्ने महशुस हुन्छ । यो यथार्थले मलाई भित्रभित्रै पोलिरहेको छ, र मलाई नेपाली भएर बाँचिरहनुको विवशता देखेर उन्मुक्त हाँसो हाँस्न मन लागेको छ । यो कस्तो नौटंकी सरकार हो ? हेलिकोप्टरमा मन्त्रिहरुलाई बिरामीको अवस्था बुझ्न पठाउँछ जबकी औषधी र स्वास्थ्यकर्मी खच्चडमा लोड गरिएर प्रभावित क्षेत्रमा पठाइएका छन् ! र मैले विदेशी राष्ट्रहरुमा त्यहाँका उच्चपदस्थ अधिकारीहरु मन्त्रि, सिनेटर वा अन्यान्य आफ्नो तर्फबाट देखिएको सानो त्रुटी वा भूलका लागि आम जनताहरुका अगाडि उभिएर माफि माग्छन् अनि त्यतिले नपुगेर आफ्नो पदबाट राजिनामा दिन पनि पछि पर्दैनन् भन्ने कुरा धेरै अगाडिबाट सुन्दै आएको छु । 

अनि मैले यो यथार्थ पनि भोग्दै आइरहेको छु कि हाम्रा उच्च पदस्थ भनौंदाहरू आफ्नो गैह्जिम्मेवारीताका लागि माफि त कहाँ हो कहाँ, स्वीकार समेत गर्न चाँहदैनन् । कस्तो आश्चर्य ?! र, मेरा प्रिय मित्रहरु ! आज यो ब्लग लेख्दै गर्दा म यसै ब्लग मार्फत घोषणा गर्न चाहन्छु कि म कुनै पनि पार्टी वा संगठनको पुच्छर लागेर हिड्ने छैन् । बरु जनताहरु माथि गरिएका जालझेलका विरुद्ध आवाज उठाउने छु आजै देखि – ए, माधवकुमार नेपाल मुर्दाबाद ! आफ्नो पदबाट राजिनामा दे ! उमाकान्त मिश्र मुर्दाबाद ! मन्त्रिपदबाट राजिनामा दे ! नौटंकी सरकार चाहिँदैन् ! जनता मार्न पाईदैन ! 

र, यतिखेर म आफूलाई नेकपा एमालेको संगठित सदस्यबाट राजिनामा दिएको छु भन्दा संसारकै गौरवशाली व्यक्ति महशुस गरिरहेको छु । मैले प्रण गरिसके कुनै पनि वाद वा सिद्दान्तका नाममा कुनैपनि पार्टीको पछि लाग्नु त्यो देश र जनताका लागि अहितकर छ । जुम्ला, मुगुमा नुन नपाएका नेपालीहरुलाई सम्झिदै, जाजरकोट र रुकुममा झाडापखालाबाट मरिरहेका जनताहरुको स्मरण गर्दै अनि दुई चार किलो चामलका लागि १०–१५ दिनदेखि जिल्ला खाद्य संघका परिसर अघि लाईन लागिरहेका दैलेख र बाजुराका जनताका पीडाहरूलाई मनभरी संगाल्दै, म हार्दिकताका साथ निवेदन गर्दछु हामीलाई चाहिएको एउटै वाद हो नेपालीबाद !

Comments

  1. नेपालीबादलाई नेपालीपनले प्रतिस्थापन गर्दा कसो होला

    ReplyDelete
  2. नेपालीबादलाई नेपालीपनले प्रतिस्थापन गर्दा कसो होला

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...