Skip to main content

जय लोडशेडिङ !


"हत्तेरिका ! फेरी मर्‍यो यो टाउको लाउनी !" गृहलक्ष्मी राइसकुकरबाट चामलपानी प्रेसरकुकरमा खनाउदै भन्छिन । म सामाजिक बिषयको 'जलस्रोत' पाठको तयारी गर्दैछु। पाठमा टलक्क टल्किने अक्षरमा लेखिएको छ – जलस्रोतमा विश्वमा नम्बर दुई धनी देश, त्रियाशी हजार मेगावाट बिद्युत उत्पादनको अनुमानित गणितिय आकडा !
गृहलक्ष्मी मलाई आवाज दिन्छिन –'के नचाहिने धन्दा हो त्यहाँ ? आउनुस यो प्रेसरबाट चामलपानी राइसमा खन्याउनुस्, लाइन आयो !'
'ल आज चै भात छिट्टै पाक्ने भयो' मनमनै सोच्दै म गृहलक्ष्मीको आदेश स्विकार्छु । 'धत फेरी चट भयो' सबै चामलपानी राइसमा खन्याउन नपाउदै बिजुली कट ! भएन फसाद ! दुर्लभ ग्यासको खर्च ! मैले अरु सोच्न नपाउदै बिजुलिको पुनरागमन हुन्छ। गृहलक्ष्मी थन्थन गर्दै भात बसाल्न पुग्छिन।
आज चै बिद्यालय टाईममा पुगिने भयो मैले हर्शित भावमा अभिब्यक्त गर्छु उनी खिसी गर्दै ओठ लेप्राउछिन – अहिले बिचैमा कट होला अनी !'
पाँच सात मिनटसम्म पनि बिजुली कट नभएपछी म खुशी मुद्रामा भन्छु – 'डार्लिङ तिमी आफ्नो काम गर म मेरो तयारी तिर लागे।'
पाठमा नेपालको जलस्रोतको व्याख्या पद्ढै गर्दा मन खिन्न हुन्छ कता कता रिस पनि उठे जस्तो गर्छ। आखिर वीर गुर्खालिको सन्तान जो परियो ! एक्कासी २ महिने उत्तराधिकारी च्या च्या गर्न थाले पछी गृहलक्ष्मीको पारो चढने नै भयो – 'एकछिन बाबुलाई समात्नु पर्‍यो ।'
निर्दोस छोरासँग रिस उठेर आउँछ 'एल्लाई फेरी येही बेलामा रुनु पर्ने?' पाठको तयारी अझै बाँकी छ 'हत्तेरी' मुखबाट उही प्रिय शब्द बहिर आउछ, ऊ धेरै बेर कोकोहोलो गर्दैन उसलाई चूनु गराउन नपाउँदै श्रीमतीजी कराउँछिन – भात हेर्नोस त एकपटक २५ –३० मिनट भईसक्यो पक्यो कि !
हतार हतार राइसकुकर तिर दौडन्छु, बल्ल पानी पो तात्दै हुन्छ। म त्यही अवाक भै उभिराख्छु । टाउको समाएर रुन मन लाग्छ, बिजुलीका मान्छेहरुलाई सराप्न मन लाग्छ । लागेर के गर्नु?
गृहलक्ष्मी फेरि कराउँछिन –'हैन के भयो भातलाई ? पाक्यो? 
"पाक्दै छ ।" साँढे नौ बज्दै गरेको घडी लाई हेर्दै म भन्छु । 'गरेर खान नदिने भए बिजुलीका मान्छेहरुले ! कुन चट फुस्कन्छ मनको बह । बिहे गरेको बर्ष दिनमै बच्चा भईहाल्यो । श्रीमतीलाई अलिअली सहयोग गर्नै पर्‍यो । भात बेलामा पाक्दैन । बिद्यालय पुग्दा सवा १० बज्छ । साथीहरु जिस्काउँछन – के हो मित्र, बिहे गरेको त बर्ष दिन पुगिसक्यो त अझै पनि ढिला को ढिला ?
प्रिय साथीहरुलाई के थाहा मेरो भित्री बेथा ? एउटा कुनाबाट साहित्य शिक्षक ब्यङग कस्छन – हाम्रो सामाजिक सरको १०, त १५ मिनट पछी बज्छ क्या! मुटुमै प्रहार गर्छन् उनी । चिथोरु जस्तो लाग्छ, नैतीकताले दिदैन –बच्चा जस्तो झगडा गर्न । 
गृहलक्ष्मी पौने दस बजेतिर पनि पुन चामलपानी खन्याउनमा नै ब्यस्त देख्छु । के गर्नु वीर हुनुको श्राप हो यो । चित्त बुझाउन खोज्छु । मोबाईल बज्छ – स्क्रीनमा देक्छु headmaster calling रीशिव गर्छु, उनी भन्छन – सर आज म स्कुल आउन पाउँदिन, नेपाली गुरु र जनसंख्या सर पनि गयल हुने रे तपाईं अली टाईममा गएर म्यानेजमेन्ट गर्नु ल । म सुन्छु मात्र, जबाफ फर्काउन सक्दिन । जय लोडशेडिङ !

Comments

  1. बहिनीले होमवर्क गर्न पाउने रे

    सानो भाइले क्यासेट सुन्दै गीत गाउने रे

    के अचम्म हाम्रो घरमा खुशी छाउने रे

    धेरै पछि आज बल्ल बत्ती आउने रे ।

    ReplyDelete
  2. निकै मार्मिक कुरा सुनाउनुभयो । आज हामी यस्तै विवशतामा आफ्ना दिनहरू विताउँदै छौँ । सबैको घर घरको कुरालाइ सरल शब्दमा प्रस्तुत गर्नुभयो । धन्यवाद ।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...