Skip to main content

शुभकामना

फलोस् फूलोस् तिम्रो जीवन मेरो छ यहि भावना
सुखी रहनु सधैं छ मेरो तिमीलाई शुभकामना

बिताएका पलहरु हामीले नसम्झनु प्रियसी तिमी कहिले
सपना ठान्नु आगमन मेरो बिन्ती आफ्नो नसोच्नु तिमीले

फलोस् फूलोस् तिम्रो जीवन मेरो छ यहि भावना
सुखी रहनु सधैं छ मेरो तिमीलाई शुभकामना

उदाश नबन्नु है तिमी आएछु भने म तिम्रो सम्झनामा
झस्केर नउठ्नु मीठो निद्रामा आएछु भने तिम्रो सपनामा

फलोस् फूलोस् तिम्रो जीवन मेरो छ यहि भावना
सुखी रहनु सधैं छ मेरो तिमीलाई शुभकामना

Comments

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।