अन्ततः दुर्इ ठूला कम्युनिष्ट पार्टीहरूले आफूहरूलार्इ एउटै स्थानमा उभ्याएर देशमा प्रधानमन्त्री चुन्ने आधार सम्म निर्माण गर्न प्रयास गरेका छन् । तथापि यिनीहरूको यो मिल्ती जेठ १४ सम्म संविधान बनाउनु भन्दा पनि त्यसपछि थप ६ महिनाका लागि अन्तिम पटक संविधानसभाको म्याद थप्नका लागि मात्र हो भन्नेमा म विश्वस्त छु । हामी यी दुर्इ दलको मिल्तीको पृष्ठभूमिलार्इ विश्लेषण गर्न सक्छौं । हिजो छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेर आज एक्कासी प्रचण्डले आफ्नो उम्मेदवारी फिर्ता घोषणाको मुख्य उद्देश्य के हुन सक्छ त ? अझ यो भन्दा पनि गम्भीर कुरो त प्रचण्डले पार्टिभित्रका आफ्ना केहि तर महत्वपूर्ण नेताहरूको उम्मेदवारी फिर्ता नगर्न गरेको आग्रहको पूरापूर बेवास्ता गरि उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । यसलार्इ हामी प्रचण्डको उदारता मान्न सक्छौं कि प्रपञ्च ? कुरो गम्भीर छ, तैपनि हेर्दै जाउ प्रधानमन्त्रीको निर्वाचनमा के हुन्छ ? बाँकि कुरा प्रधानमन्त्रीको रिजल्ट पछि !
हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र । दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।