Skip to main content

दिने हैन त प्रधानमन्त्रीलार्इ सुझाब ?

ब्लगप्रेमी मित्रहरू, मैले आजमात्र हाम्रा ३४ औं प्रधानमन्त्री झलनाथ खनालको ब्यक्तिगत वेभसाइट छ भन्ने थाहा पाएँ । यस्सो हेरेको वेभसाइट ब्यवस्थित र अपडेटेट पाएँ । बायाँ पट्टी सुझाब बाकस पनि रहिछ । कति उनीहरूलार्इ गालि मात्र गर्ने यस्सो दुर्इचार सुझाबहरू हामी पनि राखि हेरौंन भन्ने लागेर केहि सुझाबहरू पनि खसाले । मेरा सुझाबहरू तल उल्लेख गरेबमोजिम छन्, कृपया यहाँहरूले पनि ५/७ मिनेट फुर्सद निकालेर केहि सुझाबहरू राखिदिनुहोला, आफ्नो बास्तबिक पहिचान खुलाएर ! मेरा सुझाबहरू तल उल्लेख गरे बमोजिम छन् ।

क) एमाले वा आफूलार्इ समर्थन गरेको दलहरूको मात्र नभै सबै दलको साझा प्रधानमन्त्री हो भन्ने कुरालार्इ आत्मसाथ गर्नुहोला ।
ख) पूर्व प्रधानमन्त्रीहरूले जे जे गरेर आलोचित भए त्यो त्यो गर्ने दुस्साहस नगर्नुहोला ।
ग) प्रधानमन्त्री पद आफूलार्इ चिठ्ठा परेको हो भन्ने नसम्झि देश र जनताको लागि साँच्चै केहि महत्वपूर्ण र स्मरणिय काम गर्ने अवसर प्राप्त भएको छ भनेर बुझ्नुहोला ।
घ) कसैको करकाप वा दबाबमा आएर राष्ट्रिय हितबिपरित कुनै पनि काम नगर्नुहोला ।
ङ) बोल्दा झलनाथ भएर हैन वा एमालेको अध्यक्ष भएर हैन सार्वभौम नेपालको प्रधानमन्त्रीको हैसियतमा बोल्नुहोला ।
च) मिल्छ भने यसलार्इ ब्यङ्ग्य नठानिदिनुहोला – एकपटक देविप्रसादलार्इ भेट्नुहोला र एक राजनेताको असल उदाहरण पेश गर्नुहोला । उहाँसँग देश र जनताका लागि केहि प्रतिबद्दताहरू ब्यक्त गर्नुहोला र समयमै ती प्रतिबद्दताहरू कार्यान्वयन गर्नुहोला । मलार्इ लाग्छ, यसो गर्न सक्नुभयो हजुरसँग विश्वको कुनै पनि नेताको तुलना हुन सक्दैन ।

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...