Skip to main content

Posts

आउने यो नयाँ वर्षमा

कैयन कठिन दिन र रातहरू पट्यारलाग्दो ढंगले बिताइसके पश्चात ः आजदेखि हामी विवश नेपालीहरूले २००९ लाई विदाई गरी उहि विवश मनस्थिती लिएर व्यग्रतापूर्वक ईश्वी सन्को अर्को एउटा नौलो वर्ष २०१० को स्वागत गर्न लागि रहेका छौं । लाग्दछ, यो वर्षले आफ्नो पहिलो प्रहर बिताइरहँदा हामी नेपालीहरू हाम्रो देश र हामीहरूको नौलो र बैज्ञानिक ढंगले पुनर्संरचना गर्ने गरी तयार पारिएको एउटा दस्तावेजका रूपमा ‘नयाँ नेपालको नयाँ संविधान’ पाएका हुनेछौं । खैर, यो हाम्रो स्वस्थ र आशावादी मस्तिष्कले कल्पना गरेको (तर सायदै पूरा नहुने) एउटा मृगतृष्णा मनमा लिई राखेको जस्तो पनि हुन सक्ला । तथापी हामीले तत्कालै यो नयाँ वर्षमा केही हुन्छ कि भनेर सोच्नु पनि हाम्रो मुर्खता मात्र पो हुने हो कि ! नेताहरू (भन्न पनि लाज लागेर आउँछ) ले सायद ईश्वी सन्को यो नयाँ वर्षमा कसरी हुन्छ सत्तामा आफू र आफ्नो पार्टीको गतिलो उपस्थितीका लागि सपना साँचिरहेका होलान् । कोही आफ्ना परिवार, इष्टमित्र र कार्यकर्ताहरूको वथान बोकेर नेपाल राज्यको राज्यकोषको चरम दुरुपयोग गरी विदेश सयरको योजनाको तानाबाना बुन्दै होलान् । कतै, कोही अरुहरू बन्द, हडताल, चक्काजाम ...

जय लोडशेडिङ !

"हत्तेरिका ! फेरी मर्‍यो यो टाउको लाउनी !" गृहलक्ष्मी राइसकुकरबाट चामलपानी प्रेसरकुकरमा खनाउदै भन्छिन । म सामाजिक बिषयको 'जलस्रोत' पाठको तयारी गर्दैछु। पाठमा टलक्क टल्किने अक्षरमा लेखिएको छ – जलस्रोतमा विश्वमा नम्बर दुई धनी देश, त्रियाशी हजार मेगावाट बिद्युत उत्पादनको अनुमानित गणितिय आकडा ! गृहलक्ष्मी मलाई आवाज दिन्छिन –'के नचाहिने धन्दा हो त्यहाँ ? आउनुस यो प्रेसरबाट चामलपानी राइसमा खन्याउनुस्, लाइन आयो !' 'ल आज चै भात छिट्टै पाक्ने भयो' मनमनै सोच्दै म गृहलक्ष्मीको आदेश स्विकार्छु । 'धत फेरी चट भयो' सबै चामलपानी राइसमा खन्याउन नपाउदै बिजुली कट ! भएन फसाद ! दुर्लभ ग्यासको खर्च ! मैले अरु सोच्न नपाउदै बिजुलिको पुनरागमन हुन्छ। गृहलक्ष्मी थन्थन गर्दै भात बसाल्न पुग्छिन। आज चै बिद्यालय टाईममा पुगिने भयो मैले हर्शित भावमा अभिब्यक्त गर्छु उनी खिसी गर्दै ओठ लेप्राउछिन – अहिले बिचैमा कट होला अनी !' पाँच सात मिनटसम्म पनि बिजुली कट नभएपछी म खुशी मुद्रामा भन्छु – 'डार्लिङ तिमी आफ्नो काम गर म मेरो तयारी तिर लागे।' पाठमा नेपालको जलस्रोत...

नेपालको अर्को एउटा कीर्तिमान

वि श्वभरी जलसम्पदामा दोश्रो धनी राष्ट्र भनेर मैले सानै उमेरमा मेरो हरि कंगाल देशको नाम सुनेथेँ । यो सानो हिमाली राज्य जलसम्पदामा धनी हुनु अस्वभाविक विषय त पक्कै थिएन तथापि हरेक कुरामा पछाडी परेको आफ्नो देश कुनै चिजमा धनी छ भनेर सुन्न पाउनु सबैका लागि खुशिको कुरा नै हो । पछिल्ला केही वर्षहरूदेखि हाम्रो देश अरू थुप्रै चिजहरूमा पनि धनी बन्न पुगेको छ । यहाँहरुले पनि अनुमान लगाई सक्नु भै सक्यो होला । हो, तपाइँहरुले गरेको अनुमान सहि हो । नेपाल अहिले बन्द, हडताल, चक्काजाम र तोडफोडमा नाम कमाउनमा धनी मात्र होइन एकदमै आत्मनिर्भर बनेको छ । यी सब गर्नको लागि हाम्रो राष्ट्रका राजनैतिक दलहरुलाई न विदेशी प्रभुको आर्शीवाद चाहिन्छ न त उनीहरूको आर्थिक सहयोग नै । अब यहाँहरूलाई लाग्ला यो सब थाहा भैरहेको कुरा न हो बेकारमा यस्तो लेखेर के टाइम पास गरेको होला ? तर कुरो त्यसो मात्र होइन् । यहाँहरूलाई जानकारी होस भन्ने ठानेर मैले यहाँ हाम्रो देशले एउटा अर्को क्षेत्रमा गरेको ठूलो परिवर्तनका सम्बन्धमा केही लेख्ने जमर्को गरेको छु ।प्रिय, नेपालबाहिर रहनु हुने आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरू, नेपालमा विकासका ...

नांगा नाचहरू (कविता)

डान्सबारमा यौवनाहरूको नांगो तर सुकोमल र पारदर्शी नृत्यप्रति औला उठाउनेहरू हो खबरदार ! बन्द गर – ती बेफ्वाँकका आपत्तिहरू ! तिनले लुटेका छैनन् गरिप जनताहरूलाई तिनले लुछेका छैनन् देशलाई ! त्यसैले, खबरदार ! बन्द गर – ती बेफ्वाँकका आपत्तिहरू ! बरू, सक्छौ भने गर्न सडक, सदन र सत्तामा आफ्नो भद्दा अभिष्टहरूको देखाईरहेछन् – जसले नांगा नाचहरू सुस्वागतम् ! बुलन्द पार– तीनका बिरूद्धमा आपत्तिहरू ! तिनले चुसेका छन् गरिप जनताहरूलाई तिनले लुटेका छन् देशलाई ! त्यसैले, सुस्वागतम् ! बुलन्द पार– तीनका बिरूद्धमा आपत्तिहरू !

आन्दोलन नामको आँशु चुवाईं

माओवादीले आफ्नो तेस्रो चरणको आन्दोलन आजबाट सिद्धिएको घोषणा गरेको छ । लगातारको ७२ घण्टे नेपाल बन्दपछि आन्दोलन समापन समारोहलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्ड तथा संयुक्त जनआन्दोलनका अध्यक्ष बाबुराम भट्टराईले आजको मितिदेखि आफ्नो तेस्रो चरणको आन्दोलन समाप्त भएको घोषणा गरेका छन् । आन्दोलन समाप्तीको घोषणा लगत्तै देशभरका पसल तथा व्यापारिक केन्द्रहरू खुल्न शुरु गरे भने तीन दिनदेखि बन्द सवारी साधनहरु बिस्तारै सडकमा छाउन थालेका छन् ।काठमाडौं बानेश्वरको समारोहलाई सम्बोधन गर्दै, माओवादी नेताहरुले वर्तमान माधवकुमार नेपाल नेतृत्वको सरकारलाई कठपुतली, रोबोट र बिदेशी प्रभुको आडमा स्थापित सरकारको संज्ञा दिदैँ १ महिनाभित्रमा राष्ट्रपतिको कदम नसच्चिएमा त्यसबाट हुने हरेक खालको परिणामको भागिदार वर्तमान सरकार नै हुने स्पष्ट पारेका छन् । नेताहरुले भनेका छन् – विदेशी प्रभुका सामु घुँडा टेक्ने नोकरशाह र दलालहरुले नेपाली जनताको भविष्य डामाडोल पारेका छन् । यो बन्द, हडताल सबै नागरिक सर्वोच्चता स्थापनाका लागि भएको जिकिर गर्दै उनीहरुले थपेका छन् – माओवादीको यो आन्दोलनमा माओवादी कार्यकर्ता र शुभेच्छुक मात्र सह...

साला आन्दोलन र मेरो रित्तो मन

हिजो दिनभर सडकमा म साइकलमा चढेर यसरी कुदिरहेँ मानौं म एउटा जोकर बनिरहेको छु । आधुनिकताले चुर्लुम्मै डुबेको हाम्रो समाजमा म साइकल चढेर यताउता काममा हिड्नु समाजका आँखाले मलाई फाल्टु जोकर बाहेक केहि नदेख्नु नै हो । माओवादीले आब्हान गरेको आमहडतालका कारण आफ्नो व्यस्त समयको व्यवस्थापनका लागि मोटरसाइकल चढ्न नपाउने भएपछि करिब ४–५ घण्टा जति साइकलमा यात्रा गर्न बाध्य भएँ । हिजो दिनभरको साइकल यात्राले आज बिहान करिब आठ बजे मात्र म बिस्ताराको न्यानो छोड्न पुगेँ । जसका कारण बिहान सात बजे नै निश्चित गरेको मेरो आजको स्टाफ मिटिङ मेरै कारण ११ बजे शुरु हुन पुग्यो । यो बन्द, हडताल मेरो जस्तै अरु थुप्रै गरिप गुरुवाको सबथोक चौपट पारेको कुरा सर्वहारा वर्ग पार्टी भनौदो माओवादीले कहिले बुझ्ने होला ? कुन्नी !सुन्दै छु, आमहडतालको कार्यक्रम अझै लम्बिदै छ रे । यो कस्तो दुर्भाग्य हामी नेपालीको ? हामी कतिञ्जेल यसरी बन्द, हडताल र चक्काजामका कारणले पिडीत भैराख्नु पर्ने हो, कुन्नी ? हुन त नेताहरु चुनाव हुँदा ताका नेपाललाई सिंगापुर, स्वीटजरल्याण्ड र अरु सम्पन्नशाली देशहरुजस्तो सभ्य, विकसित र सुसंस्कृत देश बनाउने सपनाहर...

उफ ! यो नेपाल बन्दको राजनीति !

अन्ततः अरु राजनैतिक दल र नागरिक समाजको आग्रहलाई बेवास्ता गर्दै नागरिक सर्वोच्चता स्थापना गर्ने वहानामा एकिकृत ने.क.पा. (माओवादी)ले पौष ५, ६ र ७ गते आम हड्तालको घोषण गरेरै छाड्यो । जसको सवैभन्दा वढी प्रभाव सर्वसाधारण जनतालाई परेको छ । अहिले यसो विचार गर्ने हो भने नेपाललाई आन्दोलनको हावाले कहिल्यै छोड्ने छाँट देखिएन । नेपालमा विगत एक शताब्दीभन्दा बढि समयदेखि विभिन्न नाममा सानातिना आन्दोलन भइरहेका छन् । कतिपय आन्दोलनहरु देश र जनताको पक्षमा भएका छन् भने कतिपय आन्दोलनहरु राजनैतिक दलहरुले आफ्नो अभिष्ट पुरा गन हेतुले भएका छन् । २००७ साल, २०१२ साल, २०१९ देखि २०४६साल हुँदै ६२\६३ को अप्रिल क्रान्तिसम्मका आन्दोलनहरु देशमा प्रजातन्त्र स्थापना गर्नका लागि भएका आन्दोलन थिए किन भने यी आन्दोलहरुमा देशका सम्पूर्ण जनताहरुको उल्लेख्य सहभागिता थियो । यि समयहरुमा नेपाली जनताहरुले १०४ बर्षे जहानिया राणा शासन, नेपाली काँग्रेसको जनविरोधि क्रियाकलाप, ३० वर्षे पञ्चायती कालकोठरी तथा २०६१माघ १९ गतेको राजा ज्ञानेन्द्रले चालेको निरंकुश कदमकाविरुद्ध नेपाली जनताद्धारा गरिएको २०६२\०६३ सालको आन्दोलनको नेपालको राजनैतिक ...