नौ महिना पहिले जन्मेको हाम्रो छोरो घुँडा टेकेर अगाडि हैन्, पछाडी सर्न थालेपछि मैले प्रचण्ड नामका कम्युनिष्ट नेताको खुब याद गर्ने गरेको छु । कामरेड प्रचण्ड यस्तरी पछि सर्नुलाई स्वभाविक मान्दैनन् । यस्तो अवस्थाको उनी घोर विरोध गर्छन्, र भन्छन् - यो प्रतिगमन हो । यस्तो गर्ने व्यक्ति प्रतिगमनकारी । कामरेड प्रचन्नका कुरा मान्ने हो भने मैले मेरो छोरोलाई प्रतिगमनकारीको संज्ञा दिनुपर्ने हुन्छ । तर मैले कामरेड प्रचन्नका तिलस्मी कुराहरूमा विश्वास कहिल्यै नगरेकाले उनको परिभाषाको प्रतिगमन मेरा लागि चाँहि अग्रगमनको पूर्वतयारी हो। अतः हाम्रो छोराले पछाडितिर घस्रिदै जानुलाई प्रतिगमन नभएर अग्रगमनको तयारीको रूपमा लिएको छु । भन्न त मानिसहरूले भनेका छन्, कि विशेषतः कम्युनिष्ट भनेर चिनिन रूचाउनेहरू ज्यादातर नेतागणहरूमा फोस्रो आडम्बरपूर्ण जीवन शैली हावी भएको छ । मैले पनि बुझेको छैन् कि अमेरिकी अर्बपतिहरूले समेत अपनाउन लज्जा महशुस गर्ने जीवनशैली यि साम्यबाद ल्याउने सपना बाड्ने नेपाली कम्युनिष्टहरूले बेसरम अपनाएका छन् । तर किन कसैले यिनीहरूलाई अझै बुझाउन सकेको छैन कि जनताहरूलाई तन्त्रप्रति हैन तिम...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।