Skip to main content

Posts

Showing posts from September, 2010

नजित्ने चुनावमा १९ लाख खर्च ??

संविधान सभा भवनभित्र प्रधानमन्त्रीका एकमात्र प्रत्यासी रामचन्द्र पौडेलले नवौ पटक हार्ने कार्यक्रम चलिरहेका समयमा   News 24  सँग सडकमा आफ्नो मत दिदैं गरेका एक स्कुले टिठाले अति गम्भीर ढंगले प्रतिक्रिया दिदै भने , “ बाहिर बाहिर बेइज्जत भैसक्यो । ”  मलार्इ लाग्यो ,  आफूलार्इ देशको सर्वेसर्वा ठान्नेहरूले गरिरहेको बेइज्जतीका विषयमा आफ्नो कुनै हैसियत नभएका तपाइँ हामीभन्दा पनि साना ती किशोरमा कति धेरै चिन्ता  ? देशको राजस्व खर्चको फेहरिस्त हेर्दा ,  नवौ पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा झण्डै १९ लाख झ्वाम भैसकेछ त्यो पनि सभासदहरूलार्इ बैठक भत्ता र सवारी सुविधा वापतको खर्च  दिदा । बैठक भत्ता स्वरूप एउटा सभासदले २ सय रूपैयाँ पाउँदो रहिछ । जबकी हाम्रो देशको प्रतिव्यक्ति औसत आम्दानी दैनिक १ डलर भन्दा कम छ । जनताहरू भोकभोकै बस्ने सभासदहरू भत्ताचाँहि चपाउने तर प्रधानमन्त्रीको छनोट पनि गर्न नसक्ने  ?  कस्तो जात्रा हो ,  यो  ?  हुन त त्यसरी दुःखी भैहाल्नु पर्ने अवस्था पनि हैन । कम्तीमा पनि विश्व रेकर्डमा दुर्इ चार कुराहरू थप्न सकेका छ...

थापादार्इ, रूप्से र ती अप्ठ्याराहरू

नीराजन शिरीष म विश्वभर प्रसिद्द रूप्से छहरामा धेरै पटक पुगेको छु । र, नजिकबाट नियालेको पनि छु । त्यसैले होला, रूप्से भन्दा बित्तिकै झल्याँस्स याद आउँछ, सतत् बगिरहने छहरा । अपवादलार्इ छोड्ने हो भने रूप्से साप्ताहिक मात्र म्याग्दीकै पत्रकारीताको इतिहासमा हालसम्मकै एउटा यस्तो पत्रिका, जुन ८ वर्षसम्म निरन्तर प्रकाशित हुँदै जिल्लाका ४१ वटै गा.वि.स. मा पुगेको सायदै एक्लो पत्रिका हो । म व्यक्तिगत रूपमा रूप्सेले मेरो लेखनीलार्इ धेरै हदसम्म खारेको मान्दछु । यसले मेरो लेखनीको एक महत्वपूर्ण उद्देश्य “ शिरीष ” भएर चिनिने मौका दिएको हो भन्न मलार्इ केहि अप्ठ्यारो लाग्दैन । म शहरमा गुमनाम मान्छे थिएँ । मेरो परिचय म्याग्दी क्याम्पसको विधार्थी र माउण्ट एभरेष्ट आवासिय मा.वि. (हाल उ.मा.वि) को शिक्षकमै खुम्चिरहेको थियो । मैले चाहे जस्तो एउटा सिमित घेराबाट बाहिर आउने परिचय मलार्इ रूप्सेले दिलायो । म लेख्दा प्रशंसित भएको अनुभव छ, घेरिएको अनुभव छ, मोवाइलमा धम्की आएको अनुभव छ र जिल्लाका कुनै एक क्रान्तिकारी नेताले “ निकै चढेछ ...... को छोरो, कस्तो जण्ड रहेछ ” भनेर टिप्पणी गरेको सुनेको अनुभव छ । यस्त...

फेसबुक, राष्ट्रियता र हामीहरू

मलार्इ थाहा छैन मेरो कुराले यहाँहरूलार्इ कत्तिको छुन्छ वा छुँदैन, तर मैले एक नेपाली नागिरक भएको हैसियतले आफूलार्इ लागेको कुरो अर्को एक नेपाली नागरिकसँग बिसाउन मात्र खोजेको हुँ । यसलार्इ अन्य अर्थमा बुझिदिनु हुने छैन भन्ने मेरो अपेक्षा रहेको छ । हामीहरूले नेताहरूमा कहिल्यै राष्ट्रियताको छनक पाएनौं । र, उनीहरू राष्ट्रियताको मुद्दामा अति नै कमजोर रहेको आँकलन गर्दै आएका छौं । तर आज मलार्इ सम्पूर्ण नेपाली जनहरूमा एउटा प्रश्न गर्न मन लागेको छ (अझ विशेषतः फेसबुक संसारमा छाउनु भएका नेपाली मित्रहरूलार्इ) कि हामीमा राष्ट्रियता कति छ ? सायद मैले अब लेख्न लागेको कुराले राष्ट्रियता कसरी झल्कन्छ त ? भनेर यहाँको प्रश्न पनि रहला तर मलार्इ लागेको एउटै मात्र कुरा के हो भने साना कुराहरूमा हामीले आफ्नो परिचय लुकाएका हुन्छौं र त्यो हामीमा रहेको राष्ट्रियताको सानो झिल्को हो । मसँग विभिन्न १ दर्जन देशका व्यक्तिहरू फेसबुक संसारमा साथी छन् । उनीहरू मध्ये धेरैसँग मेरो प्रत्यक्ष कुराकानी पनि भएको छ । मैले उनीहरू अंग्रेजीमा अति नै कम बोलेको पाएँ । यदि आफ्ना देशका साथीहरूसँग छन र उनीहरूको भाषा नबुझ्ने कोही अर्को फ...

नर्वेमा पहिलो पटक नेपाली साँझ

नीराजन शिरीष\नर्वे नर्वेको सुदुर उत्तरी क्षेत्र ट्रोम्सोमा कार्यरत दुर्इ नेपाली रेडक्रस स्वंयसेवक युवाहरू नीराजन थापा र प्रजु गुरूङको विशेष सक्रियता एवं ट्रोम्सो रेडक्रसकी युवा विभाग संयोजक हन्ना होभ्दे बार्इको परिकल्पनामा बुधवार साँझ ट्रोम्सोमा पहिलो पटक भव्य नेपाली साँझ सम्पन्न भएको छ । साँझको शुरूवातमा नीराजन थापाले नेपाल र यसको प्राकृतिक सौन्दर्यता दर्शाउने भिडियो तथा पावर प्वाइन्ट प्रस्तुती गरेका थिए । थापाले नेपाली जातीको गौरवशालिताका बारेमा व्याख्या गरिरहँदा कार्यक्रममा उपस्थित पाँच दर्जन नर्वजियन तथा अन्य विदेशी पाहुनाहरूले उनलाइ चाखपूर्वक सुने । थापाले प्रस्तुतीमा नेपालको जैविक विविधतामा विशेष जोड दिदै, सन् २०११ मा सहभागीहरूलार्इ नेपालले आयोजना गर्न लागेको पर्यटन वर्षमा सहभागिताका लागि प्रेरित गर्ने काम गरेका थिए । उनले विदेशी पाहुनाहरूका लागि नेपाल सुरक्षित गन्तव्य स्थान भएकोमा जोड दिदै विश्वमा शान्ती सुरक्षामा वीर गोर्खालीहरूले खेल्दै आएको भूमिकालार्इ स्मरण गराउँदै उनीहरू आफ्ना पाहुनाहरूको सुरक्षाका लागि सधैं संवेदनशील हुने स्पष्ट पारेका थिए । त्यसै गरी अर्की स्वयंसेवक ...

एउटा चिठी देशबासीलार्इ ।

प्रिय नेपाली बन्धुहरु नमस्कार , तथा मीठो सम्झना । विशेष समाचार त केहि थिएन तर परदेशको ठाउँमा आएपछि देशप्रतिको माया र सदभाव अझ बढेर आएको महशुस हुन थालेपछि मैले यो चिठी लेख्ने प्रयास गरेको छु । मलाइ थाहा छैन , यो विश्वमा कति मान्छे त्यस्ता होलान् जसले आफ्नो देशलाई माया नगर्ने होस् । तर मलाई थाहा छ , हामी कुनै पनि त्यस्ता नेपाली छैनौ जसले नेपाललाई माया नगर्ने होस । हामीले भन्दै आएका छौ । नेपालका नेता भनौंदाहरुमा राष्ट्रियताको छनक देखिएन । तर अब हामीले आफैलाई फर्केर हेर्ने बेला भएको छ , कि हामीमा कति छ , राष्ट्रप्रेम ? मलाइ लाग्दैन, यो कुरा सानो हो । बरू मलार्इ लाग्दछ, आफूमा राष्ट्रियता कति छ भनेर जान्न खोज्नु ठूलो र महत्वपूर्ण कुरो हो ।   यो चिठी लेख्दै गर्दा मेरो दिमागमा खेलेको एउटै कुरो छ, यो पढ्ने कतिले मेरो दिमागी हालतका बारेमा प्रश्न गर्नुहोला ? मलार्इ त्यसको कुनै पर्वाह छैन । न मैले म मा राष्ट्रप्रेम छ भनेर प्रमाणित गर्न खोजेको हुँ न त अरूमा यो भावना छैन भनेर प्रत्यारोप गर्न नै खोजेको हुँ । बरू मैले त सम्भव भए सम्म र आफ्नो हैसियतले भ्याए सम्म राष्ट्रियता झल्कने प्रय...

शरणार्थी बनेर बाँच्दा ...

“यहाँ बस्नुको अब कुनै औचित्य छैन , यदि तिमीहरूलाई पनि मलाई जस्तो आफ्नो ज्यानको माया लाग्दछ भने आउ मसँग , मेरो धैर्यताको बाँध टुटिसक्यो अब ।” म यत्रो २७ वर्ष भैइन्जेलसम्म मेरा बाबा उफकले कहिल्यै यस्तो भनेका थिएनन् तर आज एक्कासी उनको मुखबाट यस्तो सुन्दा मलाई कत्ति पनि स्वभाविक लागेन । मेरो २७ वर्षिय जोश फेरि एकपटक तङ्ग्रीन खोजिरहेको थियो । हाम्रो सुन्दर यइडिड परिवार राजधानी शहर भन्दा केहि घण्टाको दुरीमा रहेको यो सानो गाउँमा शान्तपूर्वक जीवन बिताइरहेका थियौं । तर सोमालियन राष्ट्रिय आन्दोलन नामक एक शसस्त्र समूहमा आबद्द इज्याक वंशका मान्छेहरूले हतियारको दम्भमा हाम्रा सबै चौपायाहरू लुटेर लगे पछि हाम्रो आम्दानीको मुख्य आयश्रोत हामीले गुमाउनु परेको थियो । हामी त शसस्त्र युद्दमा समावेश थिएनौ र छैनौ   पनि तर वंशीय युद्दका भुक्तभोगीहरूले हाम्रा सबैथोक लुटेर लगे । कत्रो अन्याय ?   देशव्यापी रूपमा चर्कदै गएको वंशीय तथा अन्य सशस्त्र युद्दमा हामी जस्तै थुप्रै निर्दोषहरू पिल्सनुपरेको छ । अझ त्यसमा पनि मेरी आमापट्टीकी सानी बहिनी बजारमा तरकारी लिन जाँदा बम विस्फोटमा परेर मारिएपछि ...

पर क्षितिजमा देखिएको आशाको धिपधिपे ज्योति !

सातौं पटकसम्म चुनाव लड्दा पनि जित्न नसकेपछि माओवादी अध्यक्ष प्रचण्ड सायद लाचार भएको   हुनुपर्दछ । र, माधवकुमार नेपाल प्रधानमन्त्री निर्वाचित भैसकेपछि उनलाई आफैले भिराएको नयाँ विशेषण “हारेको मान्छे” ले आफैलाई कुत्कुती लगाएको पनि हुनु पर्छ । माधवकुमार नेपाल त दुईवटा निर्वाचित क्षेत्रबाट एक एक पटक हारेका मान्छे तर पुष्पकमलको कथाले बेग्लै मोड लियो । जनयुद्ध नामकरण गरिएको सशस्त्र द्धन्द्धका नायक, 'सर्बाधिक देशप्रेमी नेता', 'भारतीय विस्तारबादलाई खुल्ला चूनौती दिन हिम्मत जुटाउने एक मात्र जिवित नेता' पुष्पकमल, प्रधानमन्त्रीको निर्वाचनमा भने नराम्ररी पछारिन पुगे । त्यो पनि एकपटक होइन, दुई पटक होइन, सात सात पटकसम्म हार्नु, अचम्मको विषय बनेको छ । अब लाग्दछ, उनलाई हार्ने रहर पुगिसकेको हुनुपर्दछ । त्यसैले त भन्न पनि थालिसकेका छन्— परिणाम ननिस्कने लडाई नलडौं । निरन्तरको हारले अब देशका दुई कम्युनिष्ट भनिएका पार्टीहरुलाई एक ठाउँमा उभ्भिन विवश तुल्याएको छ । हुन त कम्युनिष्ट पार्टी पनि के भन्ने एकले अर्कालाई उग्रबामपन्थी, संशोधनबादी, दक्षिणपन्थी, बुर्जवाको जो नाम दिदैँ आएका छन् । तर हामी...

के छैन हाम्रो देशमा ? - सबथोक छ !

“म कम्युनिष्ट हुँ, मलाई दलित सलित थाहा छैन् । म त चित्रे (एकजना दलित साथी) ले छोए पनि खान्छु । मलाई यस्तो जातभात र छुवाछुत मन पर्दैन । आफू त कम्युनिष्ट हुँ । कम्युनिष्टले जातीपाती मान्दैनन् ।” कक्षा २ मा अध्ययनरत रहँदा मैले मेरा कक्षाका साथीहरुसँग आफू कम्युनिष्ट भएको फूर्ति लगाउँदै भन्ने गरेका ई वाक्यहरु आज स्मरणमा ताजा हुँदा मन झसंग भएर आउँदछ । हामी कक्षामा कोही कांग्रेस, कोही एमाले र कोही राजावादीका छोराछोरी थियौं । आयश्रोत कमजोर भएका परिवारबाट आउने म जस्तै अरु साथीहरु सबै एमाले थियौं । दुईचार पैसा आम्दानी भएका परिवारबाट आउनेहरु कांग्रेस अनि राजावादी थिए । कांग्रेसीहरु जय नेपालको अभिवादन टक्रयाउथे, हामीहरुलाई सबभन्दा अप्रिय लाग्ने कुनै शब्द थिए भने ती दुई शब्द “जय नेपाल” नै थिए । यी शब्दहरु किन बिझाउँथे मैले अहिले सम्झन सकिनँ । तर हाम्रो तुलनामा जय नेपालमा हाम्रो लालसलाममा जस्तो दम थिएन । दाहिने हातलाई दर्‍हो पारेर मुठ्ठी कसेर टाउको माथि पुर्‍याए पछि हाम्रो गज्जबको लालसलाम तयार हुन्थ्यो । अनि मलाई यस्तो पनि लाग्थ्यो — छि ः यिनीहरुको के खालको अभिवादन हो ? हात, खुट्टा, मुन्टो अनि मुखाक...

पत्रकारिता, सृजनशिलता र नब विकल्प

(बेनी, म्याग्दीबाट प्रकाशित हुने साप्ताहिक पत्रिका नब विकल्पले  गौरबमय १०० औं अंक प्रकाशन गर्न सफल भएको उपलक्ष्यमा लेखिएको लेख ) युवाहरुको समूह कार्यमा विश्वास गर्ने मान्छे म, जब केहि युवाहरुको समूहले बेनीमा पत्रकारिताको नयाँ आयाम शुरु गर्ने उत्साहका साथ नव बिकल्पको प्रकाशन गर्न थाले, मेरा मनमा अनेकन जिज्ञासाहरु आएका थिए । पत्रिका प्रकाशनका शुरुका हप्ताहरुमा पत्रकारितामै लागेका बेनीका केहि हस्तिहरुले भन्न थाले— रहर हो केटाहरुको दुईचार दिनको । रहर पुगे पछि थाक्छन् यिनीहरु । शुरुमा त मलाई पनि त्यस्तै लाग्यो । ओंठ निचार्दा दुध झर्ने अल्लारेहरु नै छन् पत्रिकामा, के यसको निरन्तरता सम्भव होला र ?  म त अनुभवमा होईन काममा विश्वास गर्ने मान्छे । मलाई त सधैं लाग्दछ, सृजनशीलता भएका मान्छेहरुका लागि अनुभव ठूलो हुनै सक्दैन । कार्यसम्पादनका समयमा आर्जन गर्ने सीप हो — अनुभव त । सृजनशिलता र लगनशीलता नभएकाहरु कुन क्षेत्रमा कति नै टिक्छन् र ? विकल्पको शुभारम्भ अंक नै आकर्षक थियो । मलाई याद छ, ठूलो मेहनतका बाबजुद प्रकाशित भएको हुनु पर्दछ, त्यो । समाचार लेखन शैली नौला थिए, ग्राफिक्स डिजाईन, फोटो...

ढोरपाटन, स्वतन्त्र प्रेस र जलेको खबर

नेपाली राजनीतिमा प्राय ः बहसको विषय बन्छ, स्वतन्त्र प्रेस । र, प्रेसलाई स्वतन्त्र रुपमा चल्न अघोषित बन्देज लगाएका छन् — राजनैतिक दल र तिनका भातृ संगठनहरुले । चाहे माओवादी हुन, चाहे एमाले वा ती कांग्रेसी किन नहुन, जब कुनै पत्रिकाले तिनका बिरुद्धमा लेख्ने साहस गर्दछ । उनीहरुलाई लाग्दो हो, यल्ले चुरीफुरी देखायो । यल्ले हाम्रो विषयमा लेख्ने दुस्साहस गर्‍यो । अझ कतिलाई त यस्तो पनि लाग्दो हो, हाम्रा विरुद्दमा लेख्ने त्यो नाथे को हो ? जब प्रकट जेल पर्‍यो, पत्रिकाहरुमा खैलाबैला शुरु हुन थाल्यो । सामान्य मान्छे युनिटिकै कारणले जेल परेको भए यति धेरै खैलाबैला पक्कै हुने थिएन । ऊ त बागलुङ बजारमा सामाजिक प्रतिष्ठा कमाएको युवा थियो । पत्रिकाहरुमा समाचार आउनु, टिकाटिप्पणी हुनु ठूलो कुरो होईन । कम्तिमा पनि प्रकटले के गरिरहेछ? कहाँ छ? भन्ने सुचना त मान्छेहरुले थाहा पाए नि । तर दुःख लाग्दो कुरो, समाचार छापेकै विषयलाई लिएर बाग्लुङका कांग्रेसी बन्धुहरुले ढोरपाटन दैनिक जलाएछन् ।  सम्झना अझै ताजै छ, जीवनभर आलोचित तर मरे पछि युगपुरुष, महान नेता आदि विशेषणले सुशोभित सबैभन्दा बढि प्रधानमन्त्रि हुन सफल अर्...

गान्धीको त्यो अर्धकदको मुर्ति र हाम्रा नेताहरु

नर्बेको यो सानो तर भव्य उत्तरी शहरको आधुनिक विश्वबिधालयमा गान्धीको मूर्ति अडिग देखे पछि मलाई, मूर्तिलाई अंगालेर फोटो खिच्न मन लाग्यो र खिचाएँ पनि । म सानैदेखि महात्मा गान्धीको देशभक्ति र शान्तिप्रतिको निष्ठालाई हरतरहले पछ्याउने प्रयासमा छु । हुन त उनी मेरो देशसँग सम्बन्धित नेता होइन् । तर उनीप्रति म यति धेरै कृतज्ञ किन छु ? जबकी हाल विद्यमान नेपालका नेता भनौंदाहरुको रगत चुस्न लालयित छु, म । सायद यिनी यो भौतिक संसारमा नभएकाले पनि हुनसक्ला । जेहोस्, म उनको सच्चा अनुयायी बन्ने प्रयत्नमा छु । ट्रोम्सो विश्वविद्यालयको पिस स्टडिजको भवन अगाडि रहेको उनको अर्धकदको मूर्ति देखेपछि मलाई लाग्यो, सधैं देशद्रोह, भष्ट्रचार, सत्तालोलुप र हिंसाप्रिय मेरा देशका नेताहरुको पनि के कुनै दिन यसरी नै ब्रहमाण्डको कुनै छेऊमा मूर्ति ठडिएला ? ई ः किन सधै राजनीतिलाई दुरुपयोग गर्न मात्रै लालयित हुन खोज्छन् ? यी किन राजनीतिको सदुपयोगिताले देशले विकाशमा द्रुत गति लिन्छ भन्ने तथ्यलाई हृदयंगम गर्न चाहँदैनन् ? यिनले किन राजनीतिलाई जनताको सेवा हो भनेर बुझेका छैनन् । किन राजनीतिलाई पेशाको रुपमा हेर्छन र फाइदा लुट्न खोज्छ...

जय, जय, जय हे नेपाल !

साँच्चिकै आज भोली मलाई लेख्न गार्हो हुन थालेको छ । न उत्साह छ, लेख्नलाई ! न त कुनै प्रेरक कुरा नै ! मात्र लेखेको छु, लेख्नु मेरो रुची भएकाले ! कहिलेकाही जीवनमा आफूले हासिल गरेका साना तिना कुराहरुलाई पनि मिलाएर लेख्न जान्ने हो भने तिनले पनि केहि अर्थ राख्न सक्दछन् । त्यहि ठानेर आज मैले यो ब्लग पोष्ट लेख्न शुरु गरेको हुँ । अचेल मलाई लाग्न थालेको छ, देश बाहिर अर्काको ठाउँमा उनीहरुलाई आफ्नो देशप्रतिको सदभाव र देशप्रेमका बारेमा बताउन कत्ति आनन्ददायक विषय हुन्छ ? आज म धेरै खुशि छु । केहि भएपनि मैले आज आफ्नो देशको सुन्दरताको बारेमा केहि बताउन पाएँ र करिब ३ महिना पछि देशमा आयोजना हुन थालेको पर्यटन वर्षका बारेमा यूटुबमा भेट्टाएको भिडियो समेत विदेशीहरुका अगाडि प्रदर्शन गर्न पाएँ । मलाई थाहा छैन, अबको तीन महिनासम्म पनि मेरो देशले प्रधानमन्त्री पाउँछ वा पाउँदैन । पार्टीगत स्वार्थमा अल्झेको मेरो देशको राजनीति सन् ११ भरीमा स्थाई निकास पाउन सफल हुन्छ वा हुँदैन । तर मलाई थाहा छ, यो बढ्दै गएको घटनाक्रमले मेरो देशको हरेक खालको भविष्यलाई अनिश्चित बनाईदिएको छ । विश्वमा २०० भन्दा बढी देश छन । जसमा मेरो देश...