प हिला तलका दुर्इ तस्बीरहरूमा ध्यानपूर्वक हेर्नुहोस् । यी दुर्इ तस्बीरहरू हुन् – नेकपा एमालेका झलनाथ खनाललार्इ तोरीको फूल देख्ने गरी चड्कन लगाउने देबिप्रसाद बाजेको साहसिक कार्यका लागि नेपाली नागरिकहरूको समर्थन र ऐक्यबद्भताका प्रतिकहरू । नेपाली जनताहरू मध्येका हालसम्मकै सर्बाधिक आँटिला ब्यक्तित्वका रूपमा देविप्रसादलार्इ विश्वभरी छरिएर रहेका नेपालीहरूले सम्मान दिए । उनै देविप्रसाद हिजो जो आफ्नो गाउँमा साधारण खेतिपाति गर्थे र गुमनाम प्रायः थिए, एकाएक चर्चामा आए । उनको मुक्तकण्ठले प्रंशसा गर्नेको ओइरो लाग्यो । विशेषतः विश्व बिख्यात सामाजिक सञ्जाल फेसबुकमा त उनि यसरी चम्किए कि करिब ७ हजार फेसबुक प्रयोगकर्ताले उनका लागि बनाइएको पृष्ठ मन पारे । त्यो पनि कुनै बिज्ञापनको सहायता बिना । देबिप्रसादको नामको वेभपेजको तस्बीर, जहाँ उनलार्इ सहयोग गर्नेहरूको नामवली समेत छ । देविप्रसादको लागि फेसबुकमा सृजना गरिएको पृष्ठ, जसलार्इ ७ हजार भन्दा बढीले मन पारेका छन् । उनको एक झापडबाट प्रभावित भर्इ एक जना नेपाली युवाले त उनको नामको वेभपेज नै खोलिदिए । डब्लुडब्लुडब्लुडटदेबिप्रसादरेग्मीडटइन्फो नामक...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।